कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्मुक्ति

कविता

काठमाडौँ — चाहना
यो कसरी

निर्मुक्ति

चाहना
यो कसरी
हाागाबिागा भएर फैलिन्छ, बढ्छ
किन ? के भएर मनभित्र टाासिन्छ ?
जीवनभर रगतसागै बहिरहन्छ
मनलाईं लुकाएर, छोपेर
सेफभित्र बन्द गरेर
भित्रभित्रै स्मृतिको बाकस खोल्छ
दुई थोपा आासु भित्र खसाएर
बन्द गर्छ,
लुकाउाछ,
किन यस्तो हुन्छ ??
निरूत्तर प्रश्न
मन र मस्तिष्कभित्रका अनन्त प्रश्न
किन आफूलाईं बिर्सिएर
अरुलाई सोच्छौं हामी
अरु
मात्र खाडल
एउटा विदीर्ण
खस्नुको नोक्सान
छाला, मासु, हाड गलेर जीर्ण बन्नुको नास
मृत्युसाग कुमजोरी गरेर
सधैं साथसाथै हिंड्नु
यस्तो किन हुन्छ ?
टाासिएको अड्किएको मनलाई
उप्काउन खोज्दा
टुक्राटुक्रा भएर भााचिन्छ
तर किन छुट्दैन
दुख्नुको दुखाइ,
बारम्बार
किन बल्झिन्छ ?
जति चुाडाले पनि
नचुाड्ने लहरो,
कुन संस्कारको जरोमा
अड्किएको छ मन
कुन चाहनाको धापमा
धसिएको छ मन ?
मन
किन चोटले टुक्रन्छ
आगोले पोल्छ
आाधीबेहरीले ढल्छ ?
माया, प्रेमले पग्लन्छ ?
हे ईश्वर !
खरानीमा यदि भावनाको कण रहादैन भने
मनको अन्त्य हुन्छ भने
माया र प्रेमको नास हुन्छ भने
मलाई खरानी बनाइदेऊ
मेरो मनलाई जलाइदेऊ
बिना मन
यो देह, चलोस्, हिाडोस्
निर्विचार
निर्मोह
निर्मुक्त,
भित्र आफैंले आफैंंलाई हेरोस्
मात्र आफैंलाई सोचोस्
आफैंभित्र केन्द्रित आफू
मात्र आफू
आहा ! कति आनन्द
आफौभित्र रमाउनु
आफौले मात्र आफूलाई पाउनु
आफैंभित्रको अनन्ततामा बिलाउनु
अरुबाट निर्मुक्ति
सम्पूर्ण पीडाबाट मुक्ति
मात्र आफू
आफूभित्र, मात्र आफू ।


-डा. बेञ्जु शर्मा

प्रकाशित : जेष्ठ १९, २०७५ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?