कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चरा राजधानीका पाहुना

फोटो

काठमाडौँ — सुनसरी जिल्लाको आकर्षण रहिआएको कोसीटप्पु वन्यजन्तु आरक्ष पश्चिममा सप्तरी र उत्तरमा उदयपुर जिल्लासँग जोडिएको छ । कोसी नदीको किनारमा अवस्थित यो आरक्ष करिब १ सय ७५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । अर्नाका लागि प्रख्यात मानिए पनि कोसीटप्पुलाई ‘चराको राजधानी’ भनेर चिनिन्छ ।

चरा राजधानीका पाहुना

मानिसहरूले बसाइँ सरेझंै चराचुरुङ्गी पनि मौसम बदलीसँगै चैतदेखि भदौसम्म बसाइँ सर्ने गर्छन् । प्राय: ग्रीष्म ऋतुमा पानी– झरीका कारण चरा अवलोकन गर्ने स्वदेशी वा विदेशी पाहुनाको संख्या निकै कम रहने गरेको कोसी बर्ड सोसाइटीका अध्यक्ष अनिश तिम्सिना बताउँछन् । दक्षिणी भूभागको भारत र श्रीलंकाबाट प्रजनन गर्न १७ र प्रजनन नगर्ने १२ गरी कुल २९ प्रजाति चराहरू कोसीटप्पुसम्म आउने गर्छन् । चरा गणनाको विवरणअनुसार आरक्षभित्र अहिलेसम्म जम्मा ५ सय २८ प्रजातिको चरा आइजाइ गरिरहेको रेकर्ड छ ।

नीलपुच्छ्रे मुरलीचरा


बीउ कुहियो


सुन्तले चाँचर


स्वर्गचरी


जुरे कोइली


ध्यानी बकुल्ला

शब्द/तस्बिर: यात्रा राई थुलुङ

प्रकाशित : असार ९, २०७५ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?