कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खासुर फुटबल

पहाडको भित्री गाउँसम्म पलाएको फुटबल क्रेज निकै रोचक देखिन्छ । अरूले डाँडा खनेर प्लटिङ गर्छन्, खासुरवासीले फुटबल मैदान बनाएका छन् ।
आश गुरुङ

काठमाडौँ — बेंसीसहरबाट २ घण्टाभित्रको पैदलबाटोमा पर्ने एउटा सुन्दर गाउँ हो— खासुर । खासुरको कोडहरडाँडामा छाएको अहिलेको रौनक निकै भिन्न छ, तुजुकलाग्दो पनि । डाँडो खारेर फुटबल मैदान बन्न थालेपछि गाउँले निकै खुसी छन् । खासुरवासी ८६ वर्षीय तीर्थबहादुर घले पनि उत्तिकै प्रसन्न भेटिए गाउँमा जो भारतीय सेनामा १५ वर्ष काम गरी घर फर्किएका हुन् ।

खासुर फुटबल

‘यहाँ काम गर्न त सक्दिनँ म । सधैं आउँछु र केटाहरूलाई सल्लाहसुझाव दिने गरेको छु,’ निर्माणाधीन खेलमैदानमा भेटिएका घलेले भने, ‘गाउँमै खेलमैदान बनाइछाड्ने मेरो सपना अब पूरा हुने भयो ।’


यतिखेर युवा, महिला, वृद्धवृद्धा खेलमैदान निर्माणमा जुटेका छन् । डोजर तथा एक्साभेटर लगाएर खन्ने र सम्याउने काम गरे पनि ढुंगामुढालाई पन्छाउने/मिलाउने काममा गाउँले खटिएका छन् । असारे महिनामा धान रोपाइँसँगै खेल मैदान निर्माणको चटारो बढेको छ । खसुरोधीं युवा क्लबको अगुवाइमा गाउँकै कोडहरडाँडामा राष्ट्रिय मापदण्डको खेल मैदान बन्दो छ । खेलमैदान निर्माणमा संलग्न खसु ह्युला आमा समूहकी कोषाध्यक्ष कृष्णकुमारी घलेले महिला तर्फबाट हरप्रकारको सहयोग जारी रहने बताइन् । ‘हामीले श्रमदानसँगै पैसा सहयोग गरेका छौं,’ उनले भनिन् ।


खसुरोधीं युवा क्लबका अध्यक्ष नन्दबहादुर घलेका अनुसार २०६५ देखि २०६७ सम्म स्थानीयको सक्रियतामा क्लबले देउँसीभैलो खेल्नुका साथै नाचगान गरी ७ लाख रुपैयाँ जम्मा गरेको थियो । ‘अहिले भने गाउँबाट बिदेसिएका युवाले गाउँमा खेलको विकास गर्नुपर्छ भन्दै सहयोग जुटाउन थालेका छन् । सहयोगमा सामाजिक सञ्जालको प्रयोग पनि उत्तिकै भयो,’ उनले भने । बेलायत, अमेरिका, हङकङ, यूएई, कतार, मलेसिया पुगेका गाउँले युवा पनि सहयोग गर्न स्वस्फूर्त आए । पछिल्लो चरणमा बिदेसिएका युवाले १३ लाख रुपैयाँ सहयोग गरिसकेका छन् । अहिले १ सय २८ मिटर लम्बाइ र ७० मिटर चौडाइको खेलमैदान खनेर सम्याइएको छ ।


खेलमैदान निर्माणमा १९ लाख खर्च भइसकेको निर्माण समितिका अध्यक्ष नन्दबहादुर घलेले बताए । उनका अनुसार प्याराफिटबाहेक संरचना निर्माणका लागि ६१ लाख रुपैयाँको लागत स्टेमेट गरिएको छ । मैदान वरपर शौचालय, खानेपानी, पार्किङ, बिजुलीको व्यवस्था गरिनेछ । जग्गा व्यवस्थापनको जिम्मेवारी लिएका स्थानीय भरतराज घलेले गाउँका ८ जनाले झन्डै ४० रोपनी जग्गा दान गरेको बताए । गाउँका १ सय ५० बढी घरधुरीका बासिन्दा नै खेलमैदान निर्माणमा लागेको बताए ।

प्रकाशित : असार ३०, २०७५ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?