कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ग्वंगको रङ्ग संसार

पुस्तक प्राप्ति
कान्तिपुर संवाददाता

काठमाडौँ — कला, संस्कृति, सभ्यतामाथि कलम चलाइरहने ८२ वर्षीय लेखक तेजेश्वरबाबु ग्वंगको लेखन सक्रियता टीठलाग्दो छ । उनी अझै पनि दैनिक पत्रपत्रिका, साहित्यिक पत्रपत्रिका आदिमा नियमितजसो लेखिरहन्छन् ।

ग्वंगको रङ्ग संसार

अरूभन्दा पनि कला–संस्कृतिमा ग्वंगको अभिरुचि विशेष छ, सतही ज्ञानभन्दा पनि कला–संस्कृतिको सैद्धान्तिक र प्राज्ञिक दृष्टिकोण उनी लेखनमा ल्याउन सक्छन् । यही क्रममा हालै साझा प्रकाशनबाट आएको छ— रङ्ग अभिज्ञान ।


यो निबन्धसंग्रहमा आएको शब्द ‘रङ्ग’ को शाब्दिक अर्थ अंग्रेजीमा हुन्छ— कलर । तर यही एउटै शब्द रङ्गभित्रको अर्थगत विविधता र प्रायोगिक दायरा कति भिन्न हुन सक्छ भन्ने उदाहरण ‘रङ्ग अभियान’ भित्रका २० निबन्ध भएका छन् । कहींकतै कवितात्मक शैलीमा पनि निबन्धकारले रङ्गको बयान गरेका छन् । ‘रङ्गका पाइलाहरू’ निबन्धमा उनी बोल्छन्—‘रङ्गहरू पोखिन्छन् । घोप्टिन्छन् उस्तै रङ्गदानीहरू । मट्यौले जमिनमा सुक्छन् रङ्गहरू । छर्कियून् या घोप्टियून् रङ्गका पाइला जहींको तहींं गड्छन् ।’


ग्वंगले रङ्गका अवतार, रहस्य, रस, अभिज्ञान, विन्यास, भाका, राग, संस्कार, रूप आदिबारेमा निबन्ध कथेका छन् । कहींकतै भने स्वैरकल्पना हावी भएको देखिन्छ, कहींकतै भने कुनै निश्चित योजनामा बाँधिएर २० वटा निबन्ध लेखिसक्नैका लागि लेखिएझैं देखिन्छ । १०४ पृष्ठको संग्रहको मूल्य १ सय ९५ राखिएको छ ।

प्रकाशित : श्रावण १२, २०७५ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?