कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरस–सरल कथाहरू

कान्तिपुर संवाददाता

काठमाडौँ — मध्यम र निम्न मध्यमवर्गीय परिवारले बेहोरेको दु:ख–कष्टको कथानक लिएर आएका छन्— योगेन्द्र तिमिल्सिना । २१ वटा लघु आकारका कथाको संग्रह ‘अनन्त आकाश’ लिएर आएका योगेन्द्र आजको पुस्ताका पाठकका लागि नयाँ नाम भए पनि यी स्रष्टा नयाँ भने होइनन् ।

सरस–सरल कथाहरू

उनको चार दशकअघि (२०३४) सालमै साझा प्रकाशनले ‘बैंशको निर्वासित सहर’ कथासंग्रह प्रकाशनमा ल्याइसकेको छ । त्यसअघि उनका ‘पुनर्मिलन’ (२०२४) र ‘फूल र काँडा’ (२०३२) उपन्यास प्रकाशित छन् ।


योगेन्द्रको पछिल्लो संग्रहमा पनि झन्डै तीन दशकयताका छरिएका कथा छन्, जीवन भोगाइको क्रममा कहिले प्रवास र कहिले देशभित्र बसेका कथाकारले कथामा यस्तै विविधताको चित्र भरेका छन् । कथाभित्र खारिएको भाषा र कथाशिल्प छ । कथाकार योगेन्द्रले आफ्नो साहित्यिक कर्मबारे ‘आफूलाई एउटा सिंगै पुस्ताले चिन्दैन’ भने पनि ‘अनन्त आकाश’ संग्रह परिचय नवीकरणको माध्यम बनेको छ । ओरिएन्टल पब्लिकेसन्सले प्रकाशन गरेको करिब १ सय पृष्ठको संग्रहको मूल्य १ सय ७५ रुपैयाँ छ ।

प्रकाशित : श्रावण १२, २०७५ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?