कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

पौड्यालका मूच्र्छनाहरू

कान्तिपुर संवाददाता

काठमाडौँ — सिक्किमेली कवि रुद्र पौड्याल अलिक बढी अन्तर्मुखी स्वभावका लाग्छन् । उनका लेख, रचना, कथा र कविताहरू पनि सतहमा केही नदेखिने तर भित्री हुँकार भएका सृजनाझैं लाग्छन्— स्रष्टा स्वभावअनुसार ।

पौड्यालका मूच्र्छनाहरू

सिक्किम साहित्य परिषद्का अध्यक्ष रहेका पौड्यालको हालै प्रकाशित ‘स्मृतिका मूच्र्छनाहरू’ मा सिक्किममा प्रदर्शन भएका गीति नाटिकाहरूबारे बिहंगम चर्चा छ । साथै, पौड्यालका एक दर्जनभन्दा बढी गीतहरू पनि यहाँ राखिएको छ ।


विशेषत: अरू स्रष्टा–लेखकले लेखेका रचनालाई गीति नाटकको रूप दिनु अर्थात् आजको शब्दमा भन्ने हो भने ‘पटकथा लेखन’ गर्नु आफैंमा मुस्किलको काम हो । तर,
पौड्यालले महाकवि लक्ष्मीप्रसाद देवकोटाका ‘म्हेन्दो’, ‘कुञ्जिनी’ जस्ता रचनालाई गीती नाटकमा रूपान्तरित गरिदिए जसका लागि मञ्चन सुहाउँदो गीति गेडासमेत भरिदिए । यसबाहेक, चाण्डालिका, वासवदत्त, बिर्सिएको कथा, सोङमितको कथा आदि खण्डकाव्यलाई पनि पौड्यालले गीति नाटकका रूपमा ढालेका थिए । ‘टिस्टा बगिरहेछ’ (उपन्यास), कथा कल्प (कथासंग्रह), हराएको मान्छे (कथासंग्रह) जस्ता मौलिक कृतिहरू बजारमा ल्याएका पौड्यालको ‘स्मृतिका मूच्र्छनाहरू’ कृतिलाई संगीतकार शान्ति ठटालले ‘एउटा पाठकका निम्ति सरस र सहज’ भनेर सह्राएकी छन् । समीक्षक सानु लामाले पौड्यालको यो कृतिलाई ‘साहित्यका विचारशील पाठकका निम्ति रचिएको’ भनेर मूल्यांकन राखेका छन् ।


पौड्यालका अधिकांश गीतमा शान्ति ठटालले संगीत भरेकी छन् । तर, धेरैजसो नेपाली श्रोताले यी गीत–संगीतको स्वाद लिन पाएकै छैनन् । प्रताप सुब्बाको फिल्म ‘मसान’ मा समेत गीत लेखेका (रोप है गह्राको बाँझो जोतेर) पौड्याललाई ऐतिहासिक गीति नाटिकाका रचयिताका रूपमा चिनाएर जेनतेन बाहिर ल्याउन यत्न गरेको छ, गान्तोकको चेशव प्रकाशनले । महाकवि देवकोटाको ‘म्हेन्दो’ र ‘कुञ्जिनी’ सँग जोडिएका प्राचार्य रुद्र पौड्याललाई चिनाउने–बुझाउने माध्यम बनेको छ— स्मृतिका मूच्र्छनाहरू ।

प्रकाशित : श्रावण १२, २०७५ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?