कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लोग्नेमान्छेका आँखा...

कविता
राजेन्द्र थापा

काठमाडौँ — आमा भन्नुहन्छ
ए छोरी, छाती छोप
लोग्नेमान्छेका आाखा खराब हुन्छन्

लोग्नेमान्छेका आँखा...

आमा भन्नुहन्छ
ए छोरी, छाती छोप
लोग्नेमान्छेका आाखा खराब हुन्छन्

बा भन्नुहुन्छ
ए छोरी, घुाडा छोप
लोग्नेमान्छेका आाखा खराब हुन्छन्

दाजी भन्नुहुन्छ
ए बैनी, नाइटो छोप
लोग्नेमान्छेका आाखा खराब हुन्छन्

ए किन भन्दैनन् कोही पनि
छोप छोप, लोग्नेमान्छेका आाखा छोप
लोग्नेमान्छेका आाखा खराब हुन्छन् ।

प्रकाशित : भाद्र २, २०७५ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?