कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नारायण स्मृति

पुस्तक
कान्तिपुर संवाददाता

काठमाडौँ — मुक्तक, कथा, उपन्यास, कविता, बालकथाजस्ता थुप्रै विधामा छाएका प्रतिनिधि स्रष्टा हुन्— नारायण तिवारी  । साझा प्रकाशनबाट पछिल्लो पटक प्रकाशित उनको संस्मरणसंग्रह ‘स्मृति कतिकति’ मा लघुदेखि बृहत्सम्मका सम्झनाहरू लेखिएका छन्  ।

नारायण स्मृति

कालक्रम, विषय, सन्दर्भ वा प्रासंगिकताभन्दा बढी नारायणले सम्झनालाई सर्सती टिपोट गरेका छन्, स्मृति कतिकतिमा ।
आफ्नो नेपाल बैंकदेखि नेपाल औलो उन्मूलन संघ र लहान, विराटनगरदेखि जनकपुर, ताप्लेजुङका घटनाक्रम आफैंमा रोचक लाग्छन् । तर, कतैकहीं भने एकदमै सानो आकार र प्रकृतिका सम्झनालाई पनि बुनेर संग्रहमा हालिएको छ, यो भने पाठकलाई झिंझो लाग्न सक्छ । जस्तै : झुम्की दिदी, बाणी प्रकाशनमा सेयर, वञ्चित, बालकद्वारा आत्महत्या, उल्टै, खेती आदि शीर्षकहरू कतिपय अर्थमा लेखनीको भरथेगजस्तो मात्रै देखिन्छ । आफ्नै जीवनीको अंशजस्तो
लाग्ने स्मरणमा यी अनाहकका सन्दर्भ र शीर्षक नराखेरै पनि कृति पठनीय हुन सक्थ्यो ।


लेखक तिवारी स्वयम्ले प्राक्कथनमा भनेका छन्, ‘यो मेरो जीवनवृत्तका सत्यतथ्य संस्मरणका रूपमा तयार पारिरहँदा विवरण र बिस्तारको लालसामा साहित्यिकता कम रिपोर्ताज ज्यादा नहोइदेओस् भन्नेतर्फ सचेत रहें ।’ तर, भन्नैपर्छ, ‘स्मृति कतिकति’ मा यस्तै रिपोर्ताज बढी छ, यस्तै विवरण र विस्तारको लालसा बढी भेटिन्छ । १९२ पृष्ठको संग्रहको मूल्य ३४० रुपैयाँ छ ।

प्रकाशित : कार्तिक १७, २०७५ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?