कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बर्थ डे

कविता
मनोज बोगटी

काठमाडौँ — मेरो आमाको नाम
मीनाकुमारी कट्टेल होइन
भारत सरकारले सूचीमा पारेको
सरकारी बेरोजगारको नाम हो

मेरो आमाको नाम

मीनाकुमारी कट्टेल होइन

भारत सरकारले सूचीमा पारेको

सरकारी बेरोजगारको नाम हो

संसारलाई देखाउने भारतीय गरिब समाजका

चहकिली सदस्य हुन्

जो अहिले सयदिनेमा

ढुंगा बोकिरहेकी छन् ।


–म बर्थ डे मनाइरहेको छु ।

....

हुरीबतास चलिरहेको छ

सरर सरर सरर सरर

पातहरु

खसिरहेका छन्

–मरौ परेको छ जंगलमा ।


असिना झरिरहेको छ

भर्खरै उम्रिएका बोटहरुलाई

चुटिरहेछ।

आगोहरु हातमा आगो बोकेर हिाड्न थालेदेखि


फूलहरु

सुकिरहेका छन्

–शोकमा छ बगौचा।


म बर्थ डे मनाइरहेको छु ।


जिउादै हिाडिरहेका

म झैं जवानहरुको आाखामा

सडिरहेको छ सपनाको लास


बुद्धिजीवीहरु

विचार बेच्न पसेका छन्

राजनीति–लेखेको वेश्यालय


कविहरु

शब्दमा झारेर क्रान्ति

गरिरहेका छन् मीठो जोक


स्कुलहरु

बेचिरहेछन्

टल्किने सिसाघरमा राखेर

सानाठूला अक्षर

खाता–किताबसितै गिदी।


नदीघर पसेर

पिइरहेछ विद्युत् परियोजना कम्पनी

जिउादो पानी

र आध्यारा छन् नानीहरुको खेल्ने आागन


तस्करहरु

ढालिरहेछन् रुख

पैह्रोमुन्तिर


म बर्थ डे मनाइरहेको छु


प्रिय गणतान्त्रिक मानिसहरु

वास्तवमा

मानिसलाई राक्षस बनाउन

एउटै बर्थ डे काफी छ


जो म मनाइरहेको छु ।

प्रकाशित : पुस ७, २०७५ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?