कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनीताका कविता

काठमाडौँ — कवि सुनीता गिरी कविता संग्रह ‘माइत जाने बाटो’ सहित आएकी छन् । हङकङ बस्दै आएकी चितवनकी गिरीको संग्रह हालै याउ मा तेई कम्युनिटी हलमा लोकार्पण गरियो ।

सुनीताका कविता

लेखक अतीत मुखिया, नेपाल क्लब र हङकङ नेपाली महासंघकी अध्यक्ष रीता गुरुङ, नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष टंक सम्बाहाम्फे, हङकङ साहित्यिक साझा शृंखलाका संयोजक डीबी पालुङा, समीक्षक समाज हङकङका संयोजक हेमकुमार लावती, सञ्चारकर्मी किसन राई, विश्व नेपाली साहित्य महासंघ हङकङका अध्यक्ष चन्द्र मादेन ‘आन्छन’, एनआरएनए हङकङकी अध्यक्ष टीका गुरुङले संग्रह लोकार्पण गरेको विज्ञप्तिमा जनाइएको छ ।

उक्त संग्रहबारे कवि दीपा एवाई राई र लावतीले टिप्पणी गरेका थिए भने कवि टोपबहादुर याक्खा, पूर्णिमा शाहलगायतले संग्रहभित्रका कविता वाचन गरेका थिए । संग्रहमा ‘सपनामा आमा’, ‘मृत्युलाई पत्र’, ‘रातो रङ’, ‘नारी र स्वतन्त्रता’, ‘धरहरासँगै ढलेको धरहरा’, ‘माइत जाने बाटो’ लगायतका कविता छन् ।

प्रकाशित : पुस २७, २०७४ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?