कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘बग्दैबग्दै’ परिचर्चा

भक्तपुर — कवि/समालोचक निर्मोही व्यासको कविता संग्रह ‘बग्दै बग्दै’ माथि परिचर्चा भएको छ ।
पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा शनिबार ग्लोबल पाठशालामा आयोजित कार्यक्रममा प्रा. राजेन्द्र सुवेदीले उक्त कविता संग्रह उत्कृष्ट रहेको टिप्पणी गरे ।

‘बग्दैबग्दै’ परिचर्चा

कोषराज न्यौपाने, डा. रामप्रसाद ज्ञवाली र गीता त्रिपाठीले पनि कविता संग्रहबारे समालोचकीय धारणा राखेका थिए ।

उक्त संग्रहमा स्रग्विणी, भुजंगप्रयात, अनुष्टुप, शार्दूलविक्रीडित, शिखरिणी लगायतका छन्दमा लेखिएका कविता छन् । कविहरू प्रदीप मैनाली, सुदेश सत्याल र राधिका पन्तले संग्रहका केही कविता वाचन गरेका थिए । प्रतिष्ठान अध्यक्ष डा. यज्ञेश्वर निरौलाले व्यासको कवित्वशक्तिलाई केन्द्रविन्दु बनाएर आपैंmले लेखेको कविता सुनाएका थिए ।

प्रकाशित : माघ १, २०७४ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?