कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

कल्पनाको उपन्यास

कान्तिपुर संवाददाता

काठमाडौँ — कल्पना श्रेष्ठ कल्पपुञ्ज उपन्याससहित आएकी छन् । ‘सञ्जीवनी’ राजधानीमा आख्यानकार भुवनहरि सिग्देल, काठमाडौं बहिरा संघकी अध्यक्ष सत्यदेवी वाग्ले, समालोचक महेश पौडेल, डा. रजनी ढकाल र समीक्षक राम लोहनीलगायतले लोकार्पण गरे । 

आवाजविहीन बालिकाको पीडादेखि यौन हिंसासम्मका विषय उठान गरिएको पुस्तक अपांग र अशक्तहरूलाई सक्षम बनाउन उत्प्रेरित गर्ने महत्त्वपूर्ण दस्ताबेज हुन सक्ने वाग्लेले बताइन् । अपांग तथा अशक्तहरूले पनि अवसर पाएमा सांगसरह नै सामाजिक काम गरी स्थापित हुन सक्छन् भन्ने सन्देश पुस्तकले दिन खोजेको लेखक श्रेष्ठले सुनाइन् । पुस्तकले अपांगता अध्ययन गर्न योगदान दिन सक्ने पौडेलले बताए । बीसको दशकपछि साहित्यमा नेपाली समाजमा हुने गरेका महिला हिंसाका कुराहरू बढी लेखिन थालेको उल्लेख गर्दै ढकालले ‘स्रष्टाहरूले साहित्यमार्फत यस्ता घटनाहरू मत्थर गर्न सहयोग पुर्‍याउन सक्ने’ सुनाइन् ।


आवाजविहीन तथा साहित्यिक क्षेत्रमा सक्रिय व्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले लेखक श्रेष्ठ र उनका पति लक्ष्मीले अक्षयकोष स्थापना गर्ने घोषणा गरी दुई लाख रुपैयाँको चेक लेखक गंगा पौडेललाई हस्तान्तरण गरे । उक्त उपन्यास शिखा बुक्सले छापेको हो ।

प्रकाशित : फाल्गुन ७, २०७४ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?