कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ललितकला पुरस्कार

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली ललितकला पत्रकारितामा योगदान पुर्‍याएका वरिष्ठ चित्रकार तथा कला लेखक गेहेन्द्रमान अमात्य ‘सोफाज–वरिष्ठ पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएका छन् ।

ललितकला पुरस्कार

‘नारायणबहादुर सिंह ललितकला पत्रकारिता पुरस्कार’ बाट गोरखापत्रकी शिवा तामाङ र द काठमान्डु पोस्टका टिमोथी अर्याल पुरस्कृत भए । त्यस्तै ‘सोफाज–लक्ष्मीमाया कुमाले स्मृति ललितकला पत्रकारिता पुरस्कार’ बाट नागरिक दैनिकमा कार्यरत धरानका पत्रकार रोहित राई पुरस्कृत भए ।

शुक्रबार राजधानीमा ललितकला पत्रकार समाजले गरेको कार्यक्रममा वरिष्ठ कलाकार कालु कुमालेले पुरस्कार र सम्मानबापत् जनही ११ हजार १ सय ११ रुपैयाँसहित ताम्रपत्र हस्तान्तरण गरे । समाजले तीन वर्षदेखि ललितकला पत्रकारितामा योगदान दिएका पत्रकारहरूलाई सम्मानित गर्दै आएको छ ।

कार्यक्रममा सिर्जना कलेज अफ फाइन आर्टका अध्यक्ष वैकुण्ठमान श्रेष्ठले कला पत्रकारिताको क्षेत्र फराकिलो बनाउनुपर्ने बताए । ललितकला पत्रकारितामा लागेका पत्रकारहरूलाई संगठित गर्दै यसलाई थप व्यावसायिक र मर्यादित बनाउने उद्देश्यमा समाज अघि बढिरहेको अध्यक्ष केशवराज खनालले बताए ।


नेपाली कला पत्रकारिता, कला लेखन र कला समीक्षाका क्षेत्रमा योगदान दिएका नारायणबहादुर सिंहलाई नै मानक मानेर पुरस्कारको स्थापना गरेको पनि उनले बताए । सञ्चारकर्मी फूलमान वलको संयोजकत्वमा विनिता मरहट्ठा र संगीता श्रेष्ठ सदस्य रहेको छनोट समितिले पुरस्कृतहरूको नाम छनोट गरेको कार्यक्रममा बताइयो ।

प्रकाशित : फाल्गुन १३, २०७४ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?