कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरिताका कथा

काठमाडौँ — सरिता अर्याल नयाँ कथा संग्रह ‘पुरुष’ सहित आएकी छन् । राजधानीमा शनिबार साहित्यकार कुन्ता शर्मा, हिरण्यकुमारी पाठक, नेता पम्फा भुसाल, सूचना आयोगकी आयुक्त यशोधा तिम्सिना, सुषमा शाह र स्मिता घिमिरेले कृति सार्वजनिक गरे ।

सरिताका कथा

समालोचक महेश पौडेलले अर्यालको लेखन शैलीको प्रशंसा गर्दै सामाजिक यथार्थ र पुरुषवादी सोचलाई कथा अभिव्यक्त भएको बताए ।

समाजमा देखेको महिला पात्रलाई कथामा पस्किएको कथाकार अर्यालले खुलाइन् । उनले कृति बिक्रीको रकम पत्रकारितामा लागेर पनि साहित्य सिर्जना गर्नेलाई पुरस्कृत गर्न सञ्चारिका समूहमार्फत अक्षयकोष बनाउने घोषणा गरिन् । संग्रहमा १६ वटा कथा छन् । सरिताको कथा ‘कतारको कहर’ माथि शिल्पी नाट्य समूहले नाटकसमेत मञ्चन गरेको थियो ।

प्रकाशित : चैत्र २५, २०७४ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?