कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लन्डनमा ‘भाया साक्रा’को अन्तरक्रिया सम्पन्न

लन्डन — साहित्य चौतारी यूकेको आयोजनामा बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंको नविनतम् नियात्रा सङ्ग्रह ‘भाया साक्रा’को लन्डनमा अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा समीक्षक विजय सापकोटा, डा. रुपक श्रेष्ठ र वासु शर्माले कृतिका बारेमा आआफ्नो धारणा राखेका थिए ।

लन्डनमा ‘भाया साक्रा’को अन्तरक्रिया सम्पन्न

समालोचक विजय सापकोटाले धेरै समयपछि गहन विषयमा स्तरीय कृति नेपाली साहित्यमा आएको कुरा बताउादै यस नियात्रा सङ्ग्रहमा लेखकको अध्ययनको दायरा फराकिलो देखिएको छ भने । उनले त्यस सङ्ग्रहबाट ज्ञान, विज्ञान, इतिहास र दर्शन आदिको जानकारी पाठकले पाउने कुरा बताए ।


साहित्यकार डा. रुपक श्रेष्ठले भाया साक्रामा पोखिएको नेपाल राष्ट्र प्रेमको प्रशंसा गरे । उनले उक्त सङ्ग्रहमा डायोस्पोरिक चेत रहेको बताउादै नियात्रा सङ्ग्रहमा पनि डायोस्पोरिकता ल्याउन सक्नु लेखकको विशेष क्षमता भएको बताए ।


साहित्यकार वासु शर्माले युरोपियन देशको भ्रमणका बारेमा लेखिएको यात्रामा लेखक जतातै नेपाल खोज्दै र सम्झादै हिाडेको सुखद पक्षको चर्चा गरे । यात्रापूर्व अध्ययन र यात्रा पश्चात अनुसन्धान गरेर नियात्रा लेखिएको देखिन्छ भन्दै भाया साक्राले शिक्षा मात्र हैन आनन्द पनि दिने कुरा बताए ।


नियात्राकार बजगाईंले आफूले इटाली, बेल्जियम र बेलायताको यात्रा पश्चात विशेष मेहनत र अनुसान्धान गरी भाया साक्रा लेखेको बताउादै आगामी दिनमा अरु नयाा विषयमा यस्तै खोजमूलक नियात्रा लेख्ने कुरा बताए ।


कार्यक्रममा साहित्यकार गोपी सापकोटा, दिनेश पौडेल, अर्कराज तिम्सिना, विजय हितानले बोलेका थिए ।

प्रकाशित : वैशाख १२, २०७५ २०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?