कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दक्षिण एसियाली लोकवार्ता केन्द्र नेपालमा

काठमाडौँ — एसियाली मुलुकहरूमा जनजीवनको समग्र पक्षमा अध्ययन तथा अनुसन्धान गर्ने उद्देश्यसहित दक्षिण एसियाली लोकसंस्कृति तथा लोकवार्ता केन्द्र नेपालमा स्थापना हुने घोषणा गरिएको छ ।

दक्षिण एसियाली लोकवार्ता केन्द्र नेपालमा

त्यसैगरी त्रिविलगायत देशका विभिन्न विश्वविद्यालयमा लोकवार्ता अध्ययन केन्द्र स्थापना गरी पठनपाठनको पहल हुने भएको छ । नेपाली लोकवार्ता तथा संस्कृति समाज (नेपाल फोकलोर सोसाइटी) ले आयोजना गरेको छैटौं अन्तर्राष्ट्रिय लोकवार्ता सम्मेलनको समापन समारोहमा दुई बुँदे काठमाडौं घोषणापत्र–२०१८ जारी गर्दै उक्त जानकारी
गराइएको हो ।

‘गणतान्त्रिक मुलुक नेपाल संघीय प्रदेश र स्थानीय तहसम्म बलियो तुल्याउने आधार नै लोकसंस्कृति, लोकपरम्पराहरूलाई ब्युँझाउनुपर्छ,’ घोषणापत्र जारी गर्दै समाजका अध्यक्ष तथा संस्कृतिविद् तुलसी दिवसले भने, ‘पर्यटन प्रवद्र्धनबाट सामाजिक समृद्धि हासिल गर्न सकिन्छ । त्यसैले त्रिभुवन विश्वविद्यालय लगायतमा लोकसंस्कृति केन्द्र स्थापना हुनेछ । देशभरिका १२५ भन्दा बढी जातजाति, १२३ भन्दा बढी भाषाभाषीको अध्ययन अनुन्धानको व्यवस्था हुने घोषणा गर्दछु ।’

त्यस अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले अन्तर्राष्ट्रिय लोकवार्ता सम्मेलनपछि जारी घोषणापत्र कार्यान्वयनका निम्ति सरकारले पहल गर्ने बताए ।

दुईदिने सम्मेलनमा नेपाल, भारत, श्रीलंका, बंगलादेश, थाइल्यान्ड, फिनल्यान्ड, इन्टोनिया, स्पेन, अमेरिका, बेलायत लगायत मुलुकको प्रतिनिधिले लोकवार्तासम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित : वैशाख ३१, २०७५ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?