कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युद्ध बिर्सेर सिर्जना

काशीराम डाँगी

रोल्पा — विगतको सशस्त्र द्वन्द्वलाई बिर्साउँदै शान्तिका लागि रोल्पा नगरपालिकाले गरेको बृहत् साहित्य सम्मेलन राष्ट्रिय कविता प्रतियोगिता आयोजना, युद्ध साहित्यको चर्चा, गजल गायनलगायतका कार्यक्रमसहित समापन भएको छ ।

युद्ध बिर्सेर सिर्जना

सम्मेलनमा सहभागीहरू युद्ध र त्रास बिर्सेर सिर्जनामा रमाए । स्रष्टाहरूलाई साथ दिए ।

राष्ट्रिय कविता प्रतियोगितामा लमजुङका प्रज्वल अधिकारी पहिलो, अछामका लक्ष्मण संगम दोस्रो र सिन्धुपाल्चोकका सुरेश बुढाथोकी ‘फकिर’ तेस्रो भए । सोलुखुम्बुका गणेशप्रसाद खतिवडा र काठमाडौंका अमी प्रिन्सले सान्त्वना पुरस्कार पाए । पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश: ३५ हजार, २५ हजार र २० हजार रुपैयाँ प्राप्त गरे । सान्त्वना स्थान पाएका कविद्वयलाई १०/१० हजार रुपैयाँ दिइयो । सम्मेलनमा बाबु त्रिपाठीको टोलीले गजल सुनाएको थियो ।

तीनदिने सम्मेलन एवं राष्ट्रिय कविता प्रतियोगिताका निर्णायकमा त्रिभुवन विश्वविद्यालयका प्रा. केशव सुवेदी, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ उत्तमकृष्ण मजगैंया र प्रज्ञासभा सदस्य वियोगी बुढाथोकी थिए । आयोजकले कवि नारायणप्रसाद शर्मा, भूपिन, प्रोल्लास सिन्धुलीय, हेम प्रभासलगायत एक दर्जन कविलाई कविता सुनाउन विशेष निम्तो गरेको थियो । रोल्पाबाटै सुरु भई करिब दशकसम्म सञ्चालित माओवादी सशस्त्र द्वन्द्वसँग जोडिएको ‘युद्ध साहित्य र सिर्जनामा युद्धको प्रभाव’ बारे सम्मेलनमा चर्चा गरियो । रोल्पाका साहित्यकारद्वय नवीन विभास र क्षितिज मगरले तत्कालीन सशस्त्र द्वन्द्वबाटै साहित्य सिर्जनामा अभिप्रेरित भई लागेको खुलासा गरे । युद्ध साहित्यका बारेमा प्रवचन गर्न सम्मेलनमा पाहुनाका रूपमा निम्त्याइएका दाङका कवि यज्ञबहादुर डाँगीले तत्कालीन सशस्त्र द्वन्द्वले युद्ध साहित्य सिर्जनामा मलजल गरेको बताए ।

प्रकाशित : जेष्ठ २५, २०७५ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?