रत्न पुस्तक अनलाइन पद्धतिमा

काठमाडौँ — पुस्तक प्रकाशन तथा विक्री–वितरणमा सात दशक लामो इतिहास बोकेको रत्न पुस्तक भण्डारले समयानुकुल बजार प्रबन्ध खोज्दै अनलाइन सेवाबाट अन्तर्राष्ट्रिय बजारमा पुस्तक विक्री वितरण गर्ने भएको छ ।

रत्न पुस्तक अनलाइन पद्धतिमा

भण्डारका प्रबन्धक गोविन्दप्रसाद श्रेष्ठका अनुसार, अहिलेसम्म भाषा, साहित्य विधामा मात्रै १ हजारभन्दा बढी टाइटलमा पुस्तक प्रकाशित भैसकेको छ । भण्डारबाट प्रकाशित पाठ्यक्रम पुस्तकको संख्या पनि उत्तिकै छ ।


‘समयानुकुल पद्धतीमा एउटा पाठक पसलसम्म गएर पुस्तक किनिरहनुपर्ने स्थिती र अवस्था अब रहेन’ रत्नबुक डट कम समेत हेर्दै आएका प्रबन्धक श्रेष्ठले भने,‘कुनै पाठकले विश्वको जुनै कुनामा बसेर पनि अब रत्नबुक्सको अनलाइनबाट स्पिड–पोष्टमा चाहेको पुस्तक मगाउन सक्छ ।’


पुस्तक पठाउन लाग्ने शुल्क र पुस्तक मूल्यको न्यूनतम हिसाबमा १ केजीसम्म तौलका किताब मगाउँदा १४ डलर र आधा केजीभन्दा तलका पुस्तक मगाउँदा ११ डलर शुल्क अनलाइनबाट तिर्नुपर्ने प्रबन्ध गरिएको छ । यस्तैगरी, बढीमा ४ कजेसम्मका पुस्तकका लागि ३० डलर शुल्क तिर्नुपर्ने हुन्छ ।


प्रबन्धक श्रेष्ठका अनुसार, हाल देशभित्र भने यो सेवा सञ्चालनमा ल्याइएको छैन । ‘यो सेवा सञ्चालन गरेको पछिल्लो ३ महिनामा अमेरिका, युरोपसहितका २९ देशमा रहेका नेपाली पाठकले नेपाली पुस्तकहरु मगाएका छन् ।


यो सुविधामा रत्नबाट छापिएका र अन्य सबै प्रकाशन गृहबाट प्रकाशित पुस्तकहरु खरिद गर्न सकिनेछ,’श्रेष्ठले भने । नेपाली पुस्तकलाई अन्र्तर्राष्ट्रिय बजारमा पुऱ्याउन र पुस्तक व्यवसायलाई नयाापन दिन यो सेवा सुरु गरिएको हो,’प्रबन्धक श्रेष्ठले भने ।

प्रकाशित : जेष्ठ २८, २०७५ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?