कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हाइकिङ सिकाउने पुस्तक ‘हाइकिङ काठमाडौं'

काठमाडौँ — तपाईं काठमाडौं उपत्यकामा हाइकिङ कहाँ जाने भनेर रुट खोज्दै हुनुहुन्छ? यदि हुनुहुन्छ भने रामदेवी महर्जनको ‘हाइकिङ काठमाडौं’ पुस्तक उपयोगी हुनेछ । पुस्तकमा काठमाडौं उपत्यकाका ६४ हाइकिङ रुट, एक दर्जन होमस्टे गाउँहरुको सचित्र वर्णन गर्नुका साथै योग, स्वास्थ्यबर्धक खाना आदिको जानकारी दिइएको छ ।   

हाइकिङ सिकाउने पुस्तक ‘हाइकिङ काठमाडौं'

हाइकिङ काठमाडौं पुस्तकमा हाइकिङ गन्तव्यको चिनारी मात्रै होइन, हाइकिङ गर्ने तरिका समेत सिकाउने महर्जन बताउँछिन् । पुस्तक प्रकाशन हिमालयन म्याप हाउसले गरेको हो । उसले शनिबार आयोजना गरेको कार्यक्रममा नेपाल पर्यटन बोर्डका सिइओ दिपकराज जोशी, प्रकृतिप्रेमी समूहका संस्थापक डा. उमेश श्रेष्ठ, समूहका अध्यक्ष रमेश चित्रकार, म्याप हाउसका निर्देशक पवन शाक्य र पुस्तक लेखिका महर्जनले पुस्तक विमोचन गरेका थिए ।


हाइकिङका साथै साइक्लिङ, बाइकिङ, ड्राइभिङ गरेर घुमफिर गर्नेहरुका लागि समेत पुस्तक उपयोगी हुने विमोचनमा बताइयो ।


‘हाइकिङ काठमाडौं पुस्तक पर्यटन इतिहासमा एउटा ठूलो उपलब्ध हो’, प्रमुख अतिथि बोर्डका सिइओ जोशीले भने, ‘यो किताब आफन्त र इष्टमित्रलाई उपहार दिन समेत उपयोगी छ ।’


पुस्तक लेखक महर्जन प्रकृतिप्रेमी समूहकी सदस्य हुन् । समूहले हरेक महिनाको चौंथो शनिबार काठमाडौं सेरोफेरोमा हाइकिङ गराउँदै आएको छ । स्वस्थ ढंगले हाइकिङ गर्न सघाउन पुर्याउने उद्देश्यले पुस्तक लेखेको महर्जनले कान्तिपुरलाई बताइन् ।


प्रकाशक हिमालयन म्याप हाउसले हाइकिङ काठमाडौंको अंग्रेजी संस्करण प्रकाशनको तयारी भइरहेको निर्देशक पवन शाक्यले जानकारी दिए । पुरै ३२० पेज रंगीन कलेवरमा प्रकाशित हाइकिङ काठमाडौं पुस्तकको मुल्य ७ सय रुपैयाँ छ ।


प्रकाशित : असार ४, २०७५ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?