बद्रीका कविता

काठमाडौँ — कवि बद्री भिखारी कविता संग्रहसहित आएका छन् । ‘समुद्र साउती’ राजधानीमा वरिष्ठ कवि एवं संस्कृतिविद् तुलसी दिवस, कवि श्यामल, स्वप्निल स्मृति, महेश पौडयाल, जसराज किराँती लगायतले सार्वजनिक गरे ।

बद्रीका कविता

दिवसले भिखारीका कवितामा नवीनतम कथ्यसहितको विम्ब पाइने बताए । श्यामलले नेपाली कविता साहित्यमा बलियो इँटाका रूपमा भिखारीको कृति आएको दाबी गरे । पौडयालले भिखारीका कवितामा शालीन विद्रोह र विनम्रता पाइने टिप्पणी गरे ।


इटहरीमा बसेर साहित्य साधनारत कवि भिखारीको यो तेस्रो संग्रह हो । यसअघि उनका ‘हत्केलाभरिका रेखाहरू’ (मुक्तकसंग्रह), ‘माड्सापका झोला’ (कवितासंग्रह) प्रकाशित छन् । ४० कविता समेटिएको कृति शिखा बुक्सले छापेको हो ।

प्रकाशित : श्रावण २, २०७५ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?