महेशको ‘महागुरु’

कान्तिपुर संवाददाता

काठमाडौँ — लेखक महेशशमशेर राणा तेस्रो कृतिसहित आएका छन् । राजधानीमा हालै सार्वजनिक भएको ‘महागुरु’ मा उनले अध्यात्मलाई केन्द्रमा राखेका छन् ।

तन्त्र विधाका आदिगुरु मानिने कालभैरवसँग लेखक स्वयंले वार्ता गरेको हिसाबले लेखिएको पुस्तकबारे राणाले भनेका छन्, ‘यो धार्मिक साहित्य हो । यसमा श्री महागुरु कालभैरवसँगको संवाद, कालभैरव यन्त्र साधना लगायतका विषय समेटेको छु ।’


तन्त्रालयका अध्यक्षसमेत रहेका राणाका यसअघि ‘एकादेशको कथा’ (दन्त्य कथा संग्रह) र ‘तिम्रो आगमनले मेरो जीवनमा’ (गीत–गजल कविता संग्रह) प्रकाशित छन् ।
‘महागुरु’ पिनाकल पब्लिकेसनले निकालेको हो ।

Yamaha

Esewa Pasal

प्रकाशित : श्रावण २५, २०७५ ०९:००
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बहुसांस्कृतिक रंग

कान्तिपुर संवाददाता

काठमाडौँ — रंगकर्मी पवित्रा खडका रामेछापको तिल्पुङमा जन्मिहुर्किइन् । तामाङ बाहुल्य रहेको यो गाउँमा उनी सानैदेखि तामाङ संस्कृति र पर्वहरूसँग नजिक थिइन् । तर, तामाङ पहिरनमै सजिने धोको भने पूरा भएको थिएन ।

विश्व आदिवासी दिवसको शुभकामना साट्ने क्रममा बिहीबार अर्की रंगकर्मी शान्ति वाइबाले फेसबुकमा सेयर गरेको तस्बिरमा उनी आङरे, स्यामा र तागीसहित देखिइन् । उनीसँगै थिइन् अल्पसंख्यक उराउ समुदायकी पहिलो रंगकर्मी संगीता, उनी पनि तामाङ पहिरनमै थिइन् ।


‘म त तराईमा जन्मिहुर्कें,’ सुनसरीको सिताहकी संगीताले भनिन्, ‘पहाडी पोसाकप्रति एक प्रकारको प्रेम मात्रै रह्यो, लाउने धोको पूरा भएको थिएन ।’ केहीअघि मात्रै शिल्पी थिएटरमा सम्पन्न सेलो महोत्सवमा उनले ‘रहरै गरेर’ तामाङ पोसाक किनिन् । साथी निशा पाख्रिनले स्यामा (फरिया) र आङरे (चोली) उपलब्ध गराइन् । बाँकी उनले महोत्सवमा किनेकी थिइन् । ‘


‘हाम्रो समाज नै बहुसांस्कृतिक रंगको छ,’ शिल्पीकी आवासीय कलाकारसमेत रहेकी उराउले भनिन्, ‘एकअर्काबीच सद्भाव साट्न यस्ता पहिरन र दिवसले सघाउन सक्छन् ।’ फेसबुकमा सेयर गरिएको तस्बिरमा शिल्पीकै अर्की रंगकर्मी पवित्रा माडवारी रिङ र सुनको सिक्रीमा सजिएकी छन् । उनले चाहिँ यो पहिरन शान्तिबाटै पाएको बताइन् ।


‘तामाङ गाउँमै जन्मिहुर्केकी भए पनि यसरी पोसाकमै सजिने मौका मिलेको थिएन,’ उनले भनिन्, ‘काठमाडौंमा पूरा भयो । मैले त आफूलाई खाँटी तामाङ युवती महसुस गरें । भिन्नै प्रकारको रमाइलो हुँदोरहेछ ।’


शान्तिले चाहिँ अचेल यस्ता पोसाकको बजारीकरणसमेत हुँदै गएकाले सक्कलीभन्दा नक्कलीकै बिगबिगी भएको खुलाइन् । उनीहरूले कानमा लाएका चेप्टे सुन र मुगाको माला सक्कली थिएनन् । ‘सबै रेडिमेड र नक्कली हुन्,’ शान्तिले भनिन्, ‘बौद्ध र स्वयम्भूतिर किनेको।’

प्रकाशित : श्रावण २५, २०७५ ०९:००
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT