कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यो वर्षको मदन पुरस्कार योगमाया उपन्यासलाई

जगदम्बा श्री पुरस्कार शान्तदास मानन्धर

काठमाडौँ — यस वर्षको मदन पुरस्कार योगमाया उपन्यासले पाएको छ । उपन्यास नीलम कार्की निहारिकाले लेखेकी हुन् । सोमबार बसेको मदन पुरस्कार गुठीको साधारण सभा बैठकले योगमाया उपन्यासलाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।

यो वर्षको मदन पुरस्कार योगमाया उपन्यासलाई

गुठीले २०७४ सालमा प्रकाशित पुस्तकहरुमध्येबाट मदन पुरस्कारका लागि योगमाया छनोट भएको गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।


यसैगरी २०७४ को जगदम्बा श्री पुरस्कार शान्तदास मानन्धरलाई प्रदान गरिने भएको छ । मानन्धर बाल साहित्यको विकास, विस्तार तथा प्रवर्द्धनमा ५ दशकदेखि समर्पित व्यक्ति हुन् । गुठीद्वारा सार्वजनिक गरिएको विज्ञप्ति अनुसार २०७४ सालमा नेपालमा प्रकाशित भएका २ सय ५३ पुस्तकमध्येबाट गुठीले मदन पुरस्कारका लागि ८ पुस्तकको नाम सार्वजनिक गरेको थियो ।


एक महिनाअघि सार्वजनिक गरिएको उत्कृष्ट ८ पुस्तकहरुमा ध्रुवसत्य परियारको कैरन, सरस्वती प्रतीक्षाको नथिया, तीर्थ गुरुङको पाठशाला, यज्ञशको भुइँया, नयनराज पाण्डेको यार, नीलम कार्की निहारिकाको योगमाया, राज माङलाकको लुम्बिनी गाउँ र मोहन वैद्यको हिमाली दर्शन थिए ।

त्यसमध्येबाट मदन पुरस्कारका लागि योगमाया छनोट भएको गुठीद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।


मदन पुरस्कार र जगदम्बा श्री दुबै पुरस्कारको राशी जनही २ लाख रुपैयाँ रहेको छ ।


तस्बिरहरुः कुन्द दीक्षितको ट्विटबाट

प्रकाशित : भाद्र ११, २०७५ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?