कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिलोङमा अन्तरा

काठमाडौँ — चर्चित सांगीतिक समूह ‘अन्तरा’ भारत मेघालय राज्यको राजधानी सिलोङमा परम्परागत तथा मौलिक नेपाली सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी काठमाडौं फिरेको छ ।

सिलोङमा अन्तरा

सिलोङस्थित ‘गोरेटो सोसियो–कल्चरल एन्ड वेलफेयर सोसाइटी’ को निम्तोमा सांस्कृतिक आदान–प्रदानका लागि अन्तरा समूहको ३२ सदस्यीय कलाकार टोली लिएर त्यसतर्फ गएको थियो ।

टोलीमा संलग्न राष्ट्रिय जनसांस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राईले कार्यक्रम ऐतिहासिक भएको दाबी गरे । उनले भने, ‘सिलोङमा नेपाली भाषा, कला र संस्कृतिप्रतिको अगाध प्रेम देखेर हामी छक्क पर्‍यौं ।’ कार्यक्रममा अन्तरा सांगीतिक समूह र सांस्कृतिक संस्थानका कलाकारहरूले पालाम, साकेला, सेलो, कौरा, हुडकेली, धिमे, पूर्वेली मारुनी, थारु र संगिनील गायतका ६ गीत र ६ नृत्य प्रस्तुत गरेका थिए ।


कार्यक्रमका संयोजक संगीतकार तथा प्राज्ञ सदस्य अशोक लोहोरुङ राईले सिलोङको कार्यक्रमले लोकसंस्कृतिका क्षेत्रमा काम गर्न आफू थप उत्साहित भएको बताए । आयोजक गोरेटोका मूल सचिव रोशन भण्डारीले यस प्रकारको सांस्कृतिक कार्यक्रम सिलोङमै पहिलो भएको बताए ।

प्रकाशित : भाद्र ३१, २०७५ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?