कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मनीषाको आत्मकथा

कान्तिपुर संवाददाता

काठमाडौँ — पाठेघरको क्यान्सरको उपचारपछि आफूले नयाँ जीवन पाएको बताउने अभिनेत्री मनीषा कोइरालाले यसबारे पुस्तकै तयार पारेकी छन् । ‘हिल्ड : हाउ क्यान्सर गेभ मी अ न्यु लाइफ’ शीर्षक उनको आत्मकथा डिसेम्बरमा सार्वजनिक हुँदै छ ।

मनीषाको आत्मकथा

यसबारे उनले हालै ट्वीटरमार्फत जानकारी दिनुका साथै पुस्तकको आवरण पनि सेयर गरेकी थिइन् ।

लेखक नीलम कुमारसँग मिलेर उनले आत्मकथा लेखेकी हुन् । निलम भारतकी बेस्टसेलर राइटरमध्ये पर्छिन् । पुस्तकमा मनीषाले क्यान्सरसँग जुध्दाको पाँच वर्षको अनुभव समेटेको बताएकी छन् ।


‘क्यान्सरलाई जित्नु आत्मअन्वेषणका लागि पाठ बनेको छ,’ उनको टीटमा थप भनिएको छ, ‘जिन्दगीलाई पुन: माया गर्न सिकेकी छु । प्रिय साथीहरू, तपार्इंलाई मेरो पुस्तक अर्पण गर्दै छु ।’


पुस्तकमा रोगविरुद्ध मनीषाको युद्धबारे साहसिक र मर्मस्पर्शी अनुभव समेटिएको भारतीय पत्रिका द हिन्दुले उल्लेख गरेको छ । सन् २०१२ मा क्यान्सर भएको पत्ता लागेदेखि अमेरिकामा उपचार गराएको र त्यसपछि उनले कसरी जीवनलाई फेरि ट्रयाकमा ल्याउन सकिन् भन्नेबारे सम्पूर्ण विवरण पढ्न पाइने द हिन्दुको विश्लेषण छ । पुस्तकले उनको भय र संघर्षको उतारचढावपूर्ण यात्रा गराउने बताइएको छ ।


पेन्गुइन र्‍यान्डम हाउसले प्रकाशन गर्न लागेको पुस्तक अंग्रेजी भाषामा लेखिएको छ । ‘मलाई क्यान्सर भएको थाहा पाउँदा म जिन्दगीको सबैभन्दा तल्लो स्थानमा थिएँ,’ मनीषाले केहीअघि भनेकी थिइन्, ‘मेरो वैवाहिक सम्बन्ध टुटेको थियो । म डिप्रेस्ड थिएँ । आफूभित्र क्यान्सर उम्रिरहेको छ भन्ने थाहा थिएन ।’

प्रकाशित : कार्तिक २७, २०७५ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?