कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थुलुङ भाषाको व्याकरण सार्वजनिक

काठमाडौँ — पाँचवीर थुलुङ राई लिखित ‘नाम्स्योर थुलुङ बोक्छेम’ (सजिलो थुलुङ व्याकरण) पुस्तक सार्वजनिक गरिएको छ ।

थुलुङ भाषाको व्याकरण सार्वजनिक

थुलुङ राई संस्कृति प्रतिष्ठानले पुस्तक प्रकाशित गरेको हो । सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका अध्यक्ष असिम थुलुङ राईले काठमाडौंमा शुक्रबार आयोजित समारोहमा सार्वजनिक गरेका हुन् । ७८ वर्षीय लेखक पाँचवीर अवकाशप्राप्त शिक्षक हुन् । उनको अगुवाईमा ‘थुलुङ भाषाको शब्दकोश’ र कक्षा १ देखि ५ सम्म अनौपचारिक शिक्षाको पाठ्यपुस्तक प्रकाशित छन् ।


चालू शैक्षिक सत्रबाट थुलुङ राई बाहुल्य क्षेत्रका २२ विद्यालयमा थुलुङ भाषाको औपचारिक पठनपाठन सञ्चालनमा छ । सार्वजनिक गरिएको व्याकरण पुस्तक थुलुङ र नेपाली भाषामा अनुवादसमेत रहेको छ । प्रमुख अतिथि रहेका अध्यक्ष राईले गाउँपालिकामा आगामी शैक्षिक सत्रदेखि थुलुङ भाषाको शिक्षक कोटाको व्यवस्था गर्ने बताएका छन् । पुस्तकबारे किरात राई प्रज्ञा प्रतिष्ठानको कुलपति जयकुमार राई, डा. सुकराज राई, थुलुङ राई संस्कृति प्रतिष्ठानको अध्यक्ष निर्कुधन राईलगायतले चर्चा गरेका थिए ।

प्रकाशित : मंसिर २९, २०७५ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?