कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिला सुरक्षादेखि दन्त्यकथासम्म

नेपाल लिटरेचर फेस्टिभल
दीपक परियार

लेखनाथ — गायिका बन्ने सपना बोकेर रौतहटबाट काठमाडौं छिरेकी सीमा बस्नेतको मन एकाएक मोडियो । २०७१ फागुन १० मा उनकी साथी संगीता मगरसँगै एसिड आक्रमणमा परेको घटनाले उनको जीवनको लक्ष्य नै परिवर्तन भयो ।

महिला सुरक्षादेखि दन्त्यकथासम्म

तेस्री श्रीमतीबाट छोरी जन्मिएपछि उनका बुबा मुख हेर्नसमेत आएनन् । उनले मामाघरमै पढिन् । अलि ठूली भएपछि हजुरबुबाआमासँग बस्न काठमाडौं आइन् । एक युवकले संगीतालाई एसिड प्रहार गर्दा सँगै टयुसन पढिरहेकी उनीमाथि पनि पर्‍यो ।


अस्पतालले उपचारमा ‘एक लाख चाहिन्छ’ भन्दा सुरक्षागार्डको काम गर्ने उनका हजुरबुबालाई सकस पर्‍यो । अस्पतालमा उनलाई भेट्न सरकारका कोही मान्छे आएनन् । शय्याबाटै तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई सम्बोधन गरेर पत्र लेखिन् । पत्र पठाएको केही दिनपछि गृहमन्त्री वामदेव गौतम अस्पताल पुगे । सीमालाई लाग्यो, ‘गर्नुपर्ने राजनीति रहेछ ।’ गायिका बन्ने सपनालाई थपक्क थन्क्याइन् र राजनीतिमा होमिने प्रण गरिन् ।


‘गायिका बनेर मनोरञ्जन दिन सकुँला,’ नेपाल लिटरेचर फेस्टिभलको अन्तिम दिन मंगलबार उनले पोखरामा भनिन्, ‘समाज परिवर्तन गर्न राजनीति नै चाहिने रहेछ ।’


‘वुमेन्स सेफ्टी एन्ड सेक्युरिटी इन द टाइम अफ निर्मला’ सेसनमा मनीषा कोइराला, आनी छोइङ डोल्मासँगै एसिड आक्रमणमा परेका संगीता र सीमाले पनि मञ्च ‘सेयर’ गरे ।


बुकवर्म फाउन्डेसन र र्‍यान्डम रिडर्स सोसाइटीद्वारा आयोजित फेस्टिभलको अन्तिम दिन ‘अबको नेतृत्व : कसको, कस्तो ?,’ ‘संघीय नेपालमा आञ्चलिक स्वर,’ जस्ता विषयमा पनि संवाद भए । ‘चाल्र्स शोभराज : इन्साइड द हार्ट अफ द बिकिनी किलर’ पुस्तक लोर्कापण भयो । ‘दन्त्यकथा’ शीर्षकमा प्रदीप गिरिले प्रवचन दिए । ११ कविले रचना वाचन पनि गरे ।

प्रकाशित : पुस ११, २०७५ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?