१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

क्षतिपूर्तिको विषयलाई लिएर राजमार्गमा तनाव

काभ्रे — बसको ठक्करबाट मृत्यु भएकी एक महिलाको पारिवारलाई दिने क्षतिपूर्तिको विषयलाई लिएर वीपी राजमार्गमा तनाव भएको छ ।

क्षतिपूर्तिको विषयलाई लिएर राजमार्गमा तनाव



राजमार्ग अवरोध गर्न खोज्ने पीडितका पक्षलाई प्रहरीले हटाउन खोज्दा स्थिति तनावपूर्ण भएको हो । प्रहरीले बल प्रयोग गरेर राजमार्गको अवरोध हटाएको छ । स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले ६ सेल अश्रुग्यास समेत प्रहार गरेको स्थानीय सञ्जय न्यौपानेले जानकारी दिए ।


पुस १६ गते धुलिखेल नगरपालिका ११ मा बा. ३. ख ५९५५ नम्वरको माथिल्लो सगरमाथा यातायातको गाडीको ठक्करबाट घाइते भएकी नमोबुद्ध नगरपालिका १ कि ३७ बर्षीया फुलमाया तामाङको उपचारको क्रममा धुलिखेल अस्पतालमा निधन भएको थियो । पुस १७ गते क्षतिपूर्तिको विषयमा जिल्ला प्रशासन कार्यलयमा भएको वार्ता नमिलेपछि पीडित पक्षले बिहानैदेखि राजमार्गको पात्लेखेत खण्डमा अवरोध गरेका थिए ।


प्रकाशित : पुस १८, २०७४ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?