कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

भान्जाको हत्या अभियोगमा एक पक्राउ

दुर्गालाल केसी

दाङ — भान्जाको हत्या अभियोगमा बंगलाचुली गाउँपालिका निवासी २४ वर्षीय भोजराज महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

भान्जाको हत्या अभियोगमा एक पक्राउ

महराका भान्जा घोराही उपमहानगरपालिका–६ बरुवागाउँका १९ वर्षीय बसन्त ओली बिहीबार बंगलाचुली–४ श्रीबारीमा मृत भेटिएका थिए । महराले हत्या स्वीकार गरेको जिल्ला प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिइन् ।


महरा र ओलीसँगै घरबाट निस्किएको र केही दिनपछि ओली मृत भेटिएको प्रहरीले जनाएको छ । ओली मृत भेटिंदा महरा फरार थिए । महरा भारतबाट प्रक्राउ परेको प्रहरीले बताएको छ । केही शंकास्पद युवाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा हत्या महराले नै गरेको पुष्टि भएको एसपी सिंहले बताइन् ।


घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ ।


प्रकाशित : पुस १८, २०७४ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?