कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्थानीयको पहलमा खानेपानी

धनकुटा — नगरपालिका ९ बेलहारास्थित बाघखोरवासीको पहलमा खानेपानी योजना सञ्चालन भएको छ । उनीहरूले नौलिखोप र खल्याङ मुहानबाट खानेपानी ल्याएका हुन् । दुइटै मुहानलाई समेटेर नौलिखोप खल्याङ खानेपानी योजना नामकरण गरिएको हो ।

स्थानीयको पहलमा खानेपानी

योजना पूरा भएपछि घरघरमा खानेपानी धारा वितरण गरेका छन् । ०७१ बाट थालिएको योजना सम्पन्न भएपछि उक्त गाउँका ९० परिवार स्वच्छ खानेपानीबाट लाभान्वित बनेका छन् । स्थानीयले खानेपानीका लागि माग राख्दै आए पनि उचित चासो नदिएपछि आफ्नै पहलमा योजना जुटेको नौलिखोप खल्याङ खानेपानी योजनाका सल्लाहकार घनश्याम बस्नेतले बताए । ‘अरूको मात्र मुख ताक्नेभन्दा जनस्तरको उत्साहले गाउँको मुहार फेर्न सकिन्छ,’ बस्नेतले भने, ‘हामी सामूहिक भावनाका कारण सफल भएका हौं ।’ स्थानीय उपभोक्ताको पहलमा ५० लाख रुपैयाँ संकलन गरेर योजना थालिएको बस्नेतले जनाए ।

नयाँ उपभोक्ताबाट एकमुष्ट ५० हजार लिएर खानेपानी धारा जडान गरिँदै आएको छ । आफ्नै पहलमा गाउँमा खानेपानी योजना भित्र्याउन सफल भएकोमा उपभोक्तामा खुसी छाएको उपभोक्ता पालाङ तामाङको भनाइ छ । अर्का उपभोक्ता वीरबहादुर बस्नेतले विगतमा खानेपानीको अभावको सामना गर्दाको अनुभव सुनाउँदै अब राहत मिलेको बताए ।

प्रकाशित : पुस २९, २०७४ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?