कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

कार्यालय थुनेर तालिममा

सुर्खेत — जिल्लाको पञ्चपुरी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी कार्यालयमा ताल्चै ठोकेर एनजीओद्वारा सञ्चालित तालिममा सहभागी भएका छन् । उनीहरू यूएसएआईडी साझेदारी विकास परियोजनाको आर्थिक सहयोगमा सुन्दर नेपाल संस्थाद्वारा सञ्चालित स्थानीय सरकार, कार्यसञ्चालनसम्बन्धी अभिमुखीकरणमा सहभागी हुन बिहीबारै सदरमुकाम वीरेन्द्रनगर पुग्दा शुक्रबार पनि कार्यालय खुलेन । 

कार्यालय थुनेर तालिममा

नगरपालिकाका वडा कार्यालय, विषयगत कार्यालय पूरै बन्द रहे । पञ्चपुरी–२ का यामु बीसीले नगरपालिका नेतृत्वको गैरजिम्मेवारीप्रति कडा आक्रोश पोखे । ‘सिंहदरबारको अधिकार गाउँगाउँमा भने पनि हाम्रा जनप्रतिनिधिले आफ्नै हैसियत ख्याल गर्न सकेनन्,’ उनले भने, ‘हुँदाहुँदा नगरपालिकामै चलाउन सकिने तालिम वीरेन्द्रनगरमा भए छ । योभन्दा हेलचेक्र्याइँ अरू के हुन्छ ?’ उनले नगरपालिकाको मुख्य कार्यालयदेखि वडा कार्यालय सबै बन्द भएको टेलिफोनबाट जनाए ।

स्थानीय तहको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त तालिम शनिबारसम्म चल्यो । जसमा बाटो अवधिसहित कर्मचारी/जनप्रतिनिधिको चार दिन समय खर्च हुनेछ । यो अवधिमा अत्यावश्कीय सेवा लिनुपर्ने सर्वसाधारणहरू मर्कामा परेको बीसीले गुनासो गरे । पञ्चपुरी नगरपालिकाका जनप्रतिनिधि/कर्मचारीलाई मात्र तालिम दिन वीरेन्द्रनगर बोलाएकामा सुरुमा केही जनप्रतिनिधिले असन्तुष्टि जनाएका थिए । वीरेन्द्रनगरको ‘थ्री स्टार’ लेभलको एक होटलमा सञ्चालित यस तालिमको नगरपालिका आफैं आयोजक हो ।

पञ्चपुरीमा तालिम हल र आवासको राम्रो व्यवस्था नभएकाले वीरेन्द्रनगरमा आयोजना गरिएको सुन्दर नेपाल संस्थाले जनायो । तालिमका प्रमुख अतिथि पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य यामलाल कँडेलले जनप्रतिनिधिलाई स्थानीय तह नै खाली गरेर दातृ निकायले जता बोलायो उतै नहिँड्न आग्रह गरेका थिए । ‘दातृ निकायलाई पनि स्थानीय तहको क्षमता विकासको नाममा जनताको काममा बाधा पर्ने गरी केन्द्रमा कार्यक्रम नगर्न मेरो सुझाव छ,’ उनले भने ।

प्रकाशित : पुस ३०, २०७४ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?