कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मिनीट्रक दुर्घटनामा दुईको मृत्यु

चौतारा — सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नपा–५ चौतारामा शनिबारराति मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मिनीट्रक दुर्घटनामा दुईको मृत्यु

मृत्यु हुनेमा लिसंखु पाखर गाउँपालिका– ७ ठूलो पाखर निवासी चालक ३१ वर्षीय शशिकुमार लामा र सनाखत हुन नसकेका अर्का एक पुरुष रहेका छन् ।


लामाको घटनास्थलमा र अर्का पुरुषको उपचारका क्रममा जिल्ला अस्पताल चौतारामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विमल कँडेलले जानकारी दिए । भूकम्पपीडितको घर निर्माणका लागि गिटी बोकेर सोही नपाको वडा नं ६ गिदानेतर्फ गइरहेको बा४ख २९६० नंको मिनीट्रक गएराति करिब १२ बजे सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।


प्रकाशित : पुस ३०, २०७४ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?