कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, दुइ घाइते

रामेछाप — रामेछापको भलुवाजोरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

दुर्घटनामा मन्थली नगरपालिका-६ की सानुमाया तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाले बताए । थापाका अनुसार दुर्घटनामा घाइते भएका भलुवाजोरका कुलबहादुर थोकर र पूर्णिमा मोक्तानलाई उपचारका लागि जिल्ला अस्पताल रामेछाप लगिएको छ ।


घर बनाउने ढुंगा बोकेको ट्रयाक्टर स्टेरिङले काम नदिएपछि सडकबाट पल्टिएको थियो । दुर्घटनापछि भागेका चालक राजकुमार तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको थापाले बताए ।

प्रकाशित : माघ ३, २०७४ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?