२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९२

केन्द्र माग्दै प्रदर्शन

भक्तपुर — सरकारले प्रदेश नम्बर ३ को अस्थायी मुकाम हेटौंडा तोकेको विरोधमा भक्तपुरमा प्रदर्शन भएको छ । बिहीबार मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको नेतृत्वमा मध्यपुरथिमि, चाँगुनारायण, सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधि, प्रतिनिधि तथा प्रदेशसभामा निर्वाचित जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, नागरिक समाज, स्थानीय बासिन्दालगायतले सडक अवरुद्ध गरी विरोध प्रदर्शन गरे ।

केन्द्र माग्दै प्रदर्शन

सानोठिमीमा आयोजित विरोधसभामा बोल्दै एमाले सांसद महेश बस्नेतले प्राविधिक टोली, जिल्ला समन्वय समिति र दलीय प्रतिनिधिको सुझावलाई लत्याउँदै सरकारले हेटौंडालाई अस्थायी मुकाम तोक्नु गलत भएको बताए । सभाका वक्ताहरूले भक्तपुरलाई अस्थायी मुकाम तोक्न माग गरे ।

बस्नेतले भक्तपुरलाई प्रदेश ३ को अस्थायी मुकाम तोक्ने तयारी गरिएको भए पनि अन्तिम समयमा उपप्रधानमन्त्री कमल थापाको एकलौटी निर्णयले हेटौंडालाई तोकिएको पनि दाबी गरे । विरोध सभामा प्रदेशसभा सदस्य शशीजंग थापा, राजेन्द्रमान श्रेष्ठलगायतले भक्तपुरलाई नै अस्थायी मुकाम बनाउनुपर्ने माग गरे । बिहीबार नै जिल्ला समन्वय समिति भक्तपुरमा भएको जिल्लाका जनप्रतिनिधि, नागरिक समाज, उद्योगी र व्यवसायीलगायतको बैठकले मन्त्रिपरिषद्ले गरेको सच्याएर तत्काल प्रदेश ३ को राजधानी भक्तपुरलाई तोक्न सरकारसँग माग गरेको छ ।

प्रकाशित : माघ ५, २०७४ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?