कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘किरात राई संग्रहालय’निर्माण गर्न अमेरिकाबाट सहयोग

काठमाडौँ — खोटाङ जिल्लाको रिब्जुङमा निर्माणाधिन किरात राई संग्रहालयका लागि किरात खालिङ राई उत्थान संघ अमेरिका शाखाले ४ लाख ४९ हजार ९ सय ४२ रुपैयाँ सहयोग गरेको छ ।

‘किरात राई संग्रहालय’निर्माण गर्न अमेरिकाबाट सहयोग

अमेरिकामा बसोबास गर्ने नेपालीहरुबाट संकलित रकम सोमबार काठमाडौंमा खालिङ राई उत्थान संघका केन्द्रीय अध्यक्ष अर्जुन खालिङले संग्रहालय निर्माण समिति संयोजक खुक्सङ खम्बूलाई हस्तान्तरण गरेका हुन् । ऐंसेलुखर्क गाउँपालिका-५ (साविकको रिब्जुङ महेश्वरी गाविस)मा संग्रहालय निर्माणधिन रहेको छ । संग्रहालय निर्माणका निम्ति २ करोड रुपैयाँ लागत स्टिमेट गरिएको छ ।


संयोजक खम्बुका अनुसार अहिलेसम्म सरकारका विभिन्न निकायबाट तीन लाख रुपैयाँ र देश–विदेशबाट ९ लाख रुपैयाँ उठेको छ । ‘सबै गरी अहिलेसम्म १६ लाख रुपैयाँभन्दा केही बढी उठेको छ,’ उनले भने, ‘उद्देश्यअनुसार कामसमेत अघि बढाइरहेका छौं ।’


समुद्री सतहदेखि करिब १८ सय मिटर उचाईको उक्त संग्रहालय बन्न लागेको हो । त्यसका लागि स्थानीयवासीले आठ रोपनी क्षेत्रफल जग्गा नि:शुल्क रुपमा उपलब्ध गराएका छन् । संग्रहायल निर्माणका निम्ति घडेरी खन्ने काम भइसकेको छ । ‘ढुंगा, बालुवा, गिटी, काठ काट्ने काम भइरहेको छ,’ निर्माण कार्य गत वर्षबाट अघि सारिएको उल्लेख गर्दै संयोजक खम्बूले भने, ‘भवन निर्माण यही हिउँदबाट सुरु गरी एकतला पूरा गर्ने लक्ष्य राखेका छौं ।’समितिले अभियानका रुपमा अघि बढाएका संग्रहालय निर्माण कार्य तीन वर्ष्भित्र पूरा गर्ने लक्ष्य लिएको छ ।


संग्रहालय भवन निर्माण सम्पन्न भएपछि किरात राई जातिको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, भेषभूषा, गरगहना, कला, साहित्य, सीपजस्ता बहुमूल्य सम्पदा राखिने जनाइएको छ । यस क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्दै किरात अध्ययन केन्द्रका रुपमा स्थापित गर्ने उद्देश्य रहेको जनाइएको छ ।

प्रकाशित : माघ ९, २०७४ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?