कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हेटौंडामा भवन टुंगो

हेटौंडा — प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशस्तरीय मन्त्रालय र आवास व्यवस्थाका लागि सरकारी भवनको टुंगो लागेको छ । 

‘प्रदेशका निम्ति आवश्यक पर्ने कुनै भवन पनि भाडामा लिनुपरेको छैन,’ क्षेत्रीय प्रशासक रेश्मिराज पाण्डेले भने, ‘सरकारी भवनले नै पुगेको छ ।’ जिल्ला समन्वय समितिलाई मुख्यमन्त्रीको कार्यालय बनाइनेछ । समिति घरेलु तथा साना उद्योगको कार्यालयमा सर्नेछ । क्षेत्रीय प्रशासक पाण्डेको संयोजकत्वमा बसेको बैठकले हेटौंडामा रहने सातै मन्त्रालयको स्थान पनि तोकेको छ । सरकारी टोलीले जिल्ला शिक्षा, डिभिजन सहकारी, श्रम, क्षेत्रीय स्वास्थ्य निर्देशनालय, हेटौंडा कपडा उद्योग, क्षेत्रीय वन र जिल्ला वन कार्यालयको भवनमा मन्त्रालय राख्ने टुंगो लगाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भवनलाई मुख्यमन्त्रीको आवासका रूपमा प्रयोग गरिनेछ ।

प्रकाशित : माघ १०, २०७४ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?