कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माघ २१ मा पहिलो बैठक

डीआर पन्त

धनगढी — प्रदेश ७ को पहिलो बैठक माघ २१ गते बस्ने भएको छ । त्यसअघि नै मुख्यमन्त्री कार्यालय, मन्त्रालय र प्रादेशिक कार्यालयका लागि आवश्यक भवन र भौतिक पूर्वाधारको तयारी भइरहेको छ । ‘प्रदेशसभा सचिवालयका कर्मचारी आइपुगेपछि आवश्यक काम अगाडि बढ्छ,’ क्षेत्रीय प्रशासक लक्ष्मीराम पौड्यालले भने, ‘प्रदेशसभाको पहिलो बैठक माघ २१ गते बस्ने तय भइसकेको छ ।’ 

प्रदेशसभा सचिवालयमा कति कर्मचारी हुने भन्ने स्पष्ट भइसकेको छैन । केन्द्रबाट खटिएका कर्मचारी आइसकेपछि अन्य व्यवस्थापन गरिने क्षेत्रीय प्रशासक पौड्यालले बताए । जिल्ला समन्वय समितिको सभाकक्षलाई अहिले प्रदेशसभाका लागि प्रयोग गरिने र सचिवालय पनि जिल्ला समन्वय समितिकै कार्यालयमा रहने गरी तयारी गरिएको छ । ‘सभामुखको कार्यालय पनि सँगै हुन्छ,’ क्षेत्रीय प्रशासक पौड्यालले भने, ‘राष्ट्रिय सभा निर्वाचनपछि मात्र सरकार गठन प्रक्रिया अगाडि बढ्न सक्छ ।’

बैठकअगावै मुख्यमन्त्री कार्यालय, मन्त्रालय र प्रदेशसभा सचिवालयसहित अन्य आवश्यक कार्यालयका लागि भौतिक व्यवस्थापनको काम सुरु गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए । मुख्यमन्त्री कार्यालयका लागि धनगढी रातोपुल नजिक यातायात कार्यालयको नवनिर्मित भवनमा तयारी भइरहेको छ भने अन्य मन्त्रालय र कार्यालयका लागि भवन व्यवस्थापन गर्ने काम मंगलबार दखि सुरु गरिने पनि प्रजिअ रिजालले जानकारी दिए । विषयगत कार्यालयका भवन र आवासलाई नै अहिले मन्त्रालय रहने गरी व्यवस्थापन गरिने तयारी भइरहेको छ । सुरक्षाका दृष्टकोणले पनि सहज हुने सरकारी कार्यालयहरूलाई मन्त्रालय र मन्त्रीहरूको आवासका रूपमा प्रयोग गर्ने तयारी गरिएको छ ।

प्रकाशित : माघ १०, २०७४ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?