कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कालिञ्चोकमा सवारी दुर्घटना, एक शिशुको मृत्यु

दोलखा — सवारी दुर्घटनामा कालिञ्चोक मन्दिर दर्शन गर्न परिवारका साथ लगिएका एक महिने शिशुको मृत्यू भएको छ ।



मन्दिरतर्फ जाँदै गरेको बा १२ च ८७७१ नम्बरको बलेरो जिप भीमेश्वर नगरपालिका १ स्थित ओडारेमा मंगलबार दुर्घटना हुादा रामेछाप जिल्ला प्रितीस्थित नानीमाया तामाङको एक महिने छारोको मृत्यु भएको हो । उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी रामेश्वर कार्कीले जानकारी दिए । उक्त चालकसहित चार जना घाईते भएका छन् ।


जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार राती ना प ४८१ नम्बरको टिपर दुर्घटना हुँदा खलासी सन्दीप थामी गम्भीर घाइते भएका छन् । टिपर भीमेश्वर नगरपालिका २ स्थित राम्पाको सडकबाट करिब पाँच सय मिटर तल खसेको डिएसपी कार्कीले जानकारी दिए ।


प्रकाशित : माघ १०, २०७४ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?