कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्ववियुले गर्‍यो क्याम्पसमा तालाबन्दी

ज्योती कटुवाल

दैलेख — विभिन्न माग राख्दै क्याम्पस प्रशासनलाई पटक–पटक ज्ञापन पत्र बुझाएको भएपनि क्याम्पस प्रशासनले माग सुनुवाई नगरेको भन्दै सोमबार नारायण क्याम्पस स्ववियु कमिटिले  ताला बन्द गरेको छ ।

जिल्लाकै नमूना क्याम्पसको रुपमा उन्मुख हुँदै गएको नारायण क्याम्पस दैलेखको शैक्षिक अवस्था खस्कदै गएको भन्दै स्ववियू कमिटिले क्याम्पस समक्ष विभिन्न माग राख्दै आएको थियो ।


स्ववियुले क्याम्पस प्रशासन समक्ष १० बुँदे मागसँगै ताला बन्दी गरेको क्याम्पस स्ववियुका सचिव प्रकाश शर्माले बताए । माग पुरा नभएसम्म ताला नखोल्ने चेतावनी समेत दिएको सचिव शर्माले बताए ।


प्रकाशित : माघ १५, २०७४ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?