स्ववियुले गर्‍यो क्याम्पसमा तालाबन्दी

ज्योती कटुवाल

दैलेख — विभिन्न माग राख्दै क्याम्पस प्रशासनलाई पटक–पटक ज्ञापन पत्र बुझाएको भएपनि क्याम्पस प्रशासनले माग सुनुवाई नगरेको भन्दै सोमबार नारायण क्याम्पस स्ववियु कमिटिले  ताला बन्द गरेको छ ।

जिल्लाकै नमूना क्याम्पसको रुपमा उन्मुख हुँदै गएको नारायण क्याम्पस दैलेखको शैक्षिक अवस्था खस्कदै गएको भन्दै स्ववियू कमिटिले क्याम्पस समक्ष विभिन्न माग राख्दै आएको थियो ।

Yamaha


स्ववियुले क्याम्पस प्रशासन समक्ष १० बुँदे मागसँगै ताला बन्दी गरेको क्याम्पस स्ववियुका सचिव प्रकाश शर्माले बताए । माग पुरा नभएसम्म ताला नखोल्ने चेतावनी समेत दिएको सचिव शर्माले बताए ।

प्रकाशित : माघ १५, २०७४ १२:१२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

२२ जना उम्मेदवारले बुझाए चुनावी खर्च विवरण

ज्योती कटुवाल

दैलेख — प्रतिनिधिसभा तथा प्रदेशसभाका २२ जना उम्मेदवारले चुनावीखर्च विवरण बुझाएका छन् । गएको मंसिर २१ गते सम्पन्न चुनावबाट निर्वाचित भएका  ६ जना सांसदसहित २२ जना उम्मेदवारहरुले चुनावी खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय दैलेखका निर्वाचन अधिकृत भक्तबहादुर कार्कीले जानकारी दिएका छन् । 


प्रदेश तथा प्रतिनीधि सभा सदस्यका कुल ३९ जना उम्मेदवार मध्ये २२ जना उम्मेदवारले चुनावीखर्च विवरण बुझाएका छन। प्रतिनीधि सभा तथा प्रदेश सभा सदस्यमा उम्मेदवार बनेका अन्य १७ जना उम्मेदावरहरुले चुनावीखर्च विवरण बुझाउन बााकी रहेको छ।

चुनावी खर्च बुझाउनेहरुमा दैलेख क्षेत्र नं. १ का प्रतिनीधीसभा सदस्यमा निर्वाचित रविन्द्रराज शर्मा, प्रदेश (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित धर्मराज रेग्मी, प्रदेश (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित अम्मरबहादुर थापाले रहेका छन्।

यस्तै क्षेत्र नं. २ बाट प्रतिनीधि सभा सदस्यमा निर्वाचित राजबहादुर बुढा क्षेत्री, प्रदेश (क) बाट बाटप्रदेश सभा सदस्यमा निर्वाचित शुसिलकुमार थापा, प्रदेश (ख) बाट बाटप्रदेश सभा सदस्यमा निर्वाचित राजबहादुर शाहीले पनि चुनावीखर्च विवरण बुझाइसकेको जिल्ला निर्वाचन कार्यालय दैलेखले जनाएको छ।

यसैगरी प्रतिनीधिसभा तथाप्रदेशसभा सदस्यको उम्मेदवार बनेका शिवराज जोसी, दिक्पालकुमार शाही, मधुरविक्रम खनाल, जग्यबहादुर शाही, मोतिराम लम्साल, लालबहादुर कठाएत, कमलापति सुवेदी, बम बहादुर सिंह, दुर्ग बहादुर मगर, जगत बहादुर वलीले पनि चुनावी खर्च बुझाएका हुन्।

दैलेख क्षेत्र नं. १ बाट प्रतिनीधि सभा सदस्यको उम्मेदवार दिपककुमार शाहीले पनि खर्च विवरण बुझाइसकेका छन्। यसैगरी किशोर कुमार सिंह, गणेशबहादुर खड्का, कृष्ण कुमार विसी, जगत जंगथापालगाएत २२ जना उम्मेदवारले चुनावी खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय दैलेखले जनाएको छ।

१७ जना उम्मेदवारहरुले चुनावी खर्च विवरण बुझाउन बाकी रहेको कार्यालयले जनाएको छ। बाकि रहेका प्रतिनिधिहरुले चुनावी खर्च विवरण बुझाउने म्याद यहि पौष २७ गते सम्ममात्रै रहेको कार्कीले जानकारी दिएका छन्।

प्रकाशित : पुस २३, २०७४ १३:२३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT