१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

नवलपरासीमा ८८ जना नयाँ कुष्ठरोगी भेटिए

कान्तिपुर संवाददाता

नवलपरासी — नवलपरासीमा कुष्ठरोगका ८८ जना नयाँ विरामीहरु फेला परेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय नवलपारसीले जिल्लाका १२ वटै स्थानीय तहमा गरेको ‘सर्च अभियान’ मा यतिको संख्यामा विरामीहरु फेला परेका हुन् । 

नवलपरासीमा ८८ जना नयाँ कुष्ठरोगी भेटिए

कार्यालयले स्वाथ्यकर्मी, महिला स्वयंसेविकासहितको विशषेज्ञ टोली भएर जिल्लाका विभिन्न ठाउँहरुमा ६ दिन लगाएर अभियान चलाएको थियो ।


जिल्लामा गत वर्ष ७७ जना कुष्ठरोगका विरामीहरु थिए ।


नेपाललाई ८ वर्षअघि नै कुष्ठरोग उन्मुलन भएको भनेर घोषणा गरेको भएपनि नवलपरासी सहित रुपन्देही ,कपिलवस्तु, कैलाली लगायतका जिल्लाहरुमा कुष्ठरोग भएका बिरामीहरु भेटिएपछि सरकारले कुष्ठरोगी खोजी अभियान सञ्चालन गरिरहेको छ ।


प्रकाशित : फाल्गुन ११, २०७४ १४:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?