कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माछा मार्ने क्रममा विस्फोट हुँदा घाइते

दुर्गालाल केसी

दाङ — माछा मार्ने क्रममा विस्फोट हुँदा बबई गाउँपालिका–१ मलैखोलाका ३५ वर्षीय कमल घर्ती गम्भीर घाइते भएका छन् । 

बम प्रयोग गरेर माछा मार्ने क्रममा आइतबार विस्फोट भएपछि गम्भीर चोट लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।


उनलाई तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको इप्रका तुलसीपुरका प्रमुख डिएस्पी प्रकाश सापकोटाले जानकारी दिए । उनीसँगै अरु तीन जना पनि माछा मार्न गएको र अहिले उनीहरु फरार रहेको उनले बताए ।

प्रकाशित : फाल्गुन २१, २०७४ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?