कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१६ किलो  चाँदीका गहनासहित २ पक्राउ    

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडाैंको झोछेबाट चाँदीका १६ किलाे अबैध चाँदीका गहना र ९८ हजार नगद सहित २ जना पक्राउ परेका छन् ।  

१६ किलो  चाँदीका गहनासहित २ पक्राउ    

महानगरीय प्रहरी बृतको टोलीले आइतबार दिउँसो अढाई बजे विरगञ्ज महानगरपालिका–२ श्रीराम हल घर भई नागार्जुन नगरपालिका–७ सितापाईला बस्दै आएका ४० वर्षीय सुरेश सर्राफ र संगै हिडिरहेका विरगञ्ज–३ छप्कैयाका ३० वर्षीय कृष्णा सर्राफलाई पक्राउ गरेको हो ।


सुनचाँदीको अवैध कारोवार हुदै गरेको विशेष सुचनाको आधारमा उनीहरु पक्राउ परेका हुन । पिठ्युमा झोला बोकेर हिडिरहेका सुरेश माथि शंका लागेर जाँच गर्दा चाँदीको पाउजु, कम्मरमा लगाउने साडी बोल्ट, चाबी रिङ्ग लगायतका १६ किलो २ सय ५० ग्राम चाँदीका गहना र ९८ हजार ५०० नगद फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित : फाल्गुन २८, २०७४ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?