कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

व्यापार मेलामा नाचगान

ललितपुर — पाटन दरबार क्षेत्रको भण्डारखाल बगैँचामा शनिबारसम्म निकै चहलपहल भयो । अन्तर्राष्ट्रिय ललित व्यापार मेला पारेर फागुन ३० देखि भएको सांगीतिक रमझमका कारण उक्त ऐतिहासिक थलो गुलजार बन्यो ।

ललितपुर उद्योग वाणिज्य संघले आफ्नो स्थापनाको स्वर्ण जयन्ती पारेर आयोजना गरेको मेलामा हरेक दिन सांगीतिक प्रस्तुति भए ।

यही मेसोमा शुक्रबार गायकहरू प्रवेशमान शाक्य, बबिन प्रधान, विश्व नेपाली र सलिन्द्र शाक्य तथा गायिकाहरू केञ्जलमेहर श्रेष्ठ, रोजी डंगोल श्रेष्ठ र केन्जुमा सुब्बा लगायतले नेपाली र नेपाल भाषाका गीतमार्फत मनोरञ्जन दिए । ज्यापू समाजका कलाकारहरूले विभिन्न जातजातिका रोचक नृत्य प्रस्तुत गरे ।

प्रवेशमानले आफ्ना पिता पन्नाकाजीको कालजयी गीत ‘तिरिरि मुरली बज्यो वनैमा...’ लगायत सुनाएका थिए । केन्जुमाले ‘साउने खोला उर्लेर आउँदा...’ र ‘शिरफूल शिरैमा हो...’ गाइन् । विश्वले ‘भन के छ बन्दोबस्त...’ र ‘मीठो साह्रै मीठो...’ गाएर माहोल बनाएका थिए ।

प्रकाशित : चैत्र ४, २०७४ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?