कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दृष्टिविहीन विद्यार्थीलाई मोवाइल

काठमाडौँ — अपांगता अधिकार र विकासका लागि क्रियाशिल (एड्राड) नेपालले आइतबार काठमाडौंमा दृष्टिविहीन विद्यार्थीलाई मोवाइल फोन वितरण गरेको छ ।

विद्यार्थीहरुलाई अध्ययनमा सहज भन्ने हेतुका साथ एन्ड्रोइड मोवाइल वितरण गरिएको संस्थाका अध्यक्ष डा. विरेन्द्रराज शर्मा पोखरेलले बताए । उपत्याकाका विभिन्न विद्यालय तथा कलेजमा अध्ययनरत ८० जना विद्यार्थीहरुलाई मोवाइल वितरण गरिएको हो ।


संस्थाले बाँके, सुर्खेत र रुपन्देहीमा पनि १ सय ३३ जनालाई मोवाइल वितरणको योजना रहेको जनाएको छ ।


नेपाल अपांग महिला संघकी अध्यक्ष निर्मला घिमिरेले विद्यार्थीको अध्ययन क्षमता बढाउनका लागि मोबाइलले सघाउने बताइन् ।


वर्ल्ड इन्टरनेशनल प्रोपर्टी अर्गनाइजेशनको सहयोगमा एड्राडले मोवाइल फोन वितरण कार्यक्रम सञ्चालन गरेको हो ।

प्रकाशित : चैत्र ४, २०७४ २१:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?