कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेनाले छाड्यो सिँचाइ कार्यालय

बर्दिया — नेपाली सेनाले प्रयोग गरिरहेको यहाँस्थित सिँचाइ कार्यालय १५ वर्षपछि खाली गरेको छ । सशस्त्र द्वन्द्वका बेला सेना सिँचाइमा सरेको थियो ।

अहिले त्यहाँबाट गुलरिया ४ तुलापुरमा रहेको आफ्नै जमिनमा सरेको छ । यसअघि तुलापुरको जमिन भूमिहीनका नाममा अतिक्रमण गरिएको थियो ।

अतिक्रमित जमिन खाली गर्न गुलरिया नगरपालिकाले सूचना टाँसेरै अनुरोध गरेको थियो । नगर प्रमुख मुक्तिनाथ यादवले यहाँ बसिरहेका सर्वसाधारणलाई अन्यत्र ऐलानी जमिनको व्यवस्था मिलाएको बताए । सेनाको जमिन अतिक्रमण गरी ३४ घर–परिवार बस्दै आएका थिए । जमिन गुलरिया ४ मा रहेको भैरवप्रसाद गणको गुल्मका नाममा दर्ता छ । गुल्मलाई सेनाको मुख्यालयले फागुन २९ भित्र त्यस ठाउँमा ब्यारेक बनाई स्थानान्तरण गर्नुपर्ने निर्देशन दिएको थियो । राज्यले ०६० मा गुल्मका नाममा जग्गाधनी पुर्जा दिएको थियो । प्रजिअ नारायणप्रसाद भट्टराईले सिँचाइ कार्यालयमा रहेको सेना आफ्नै जमिनमा गएको बताए ।

प्रकाशित : चैत्र ७, २०७४ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?