कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

भारतीय चल्ला बरामद

रवीन्द्र उप्रेती

महोत्तरी — सशस्त्र प्रहरीले प्रतिबन्धित भारतीय कुखुराको चल्ला ओसारपसार गरेको आरोपमा एक युवालाई पक्राउ गरेको छ ।

भारतीय चल्ला बरामद

भारतको कनमा बजारबाट बीआर ०६ एएफ ७९९४ नम्बरको मोटरसाइकलमा चल्लाका कार्टुन बोकेर आउँदै गरेका भारत सीतामढी बेला १ का चन्दनकुमार चौधरीलाई सशस्त्र गस्तीले बुधबार मध्यराति पक्राउ गरेका हो ।


सशस्त्र निरीक्षक विदुर ढकालका अनुसार मोटरसाइकलको क्यारियरमा बाँसको भाटामाथि १० वोटा चल्लाका कार्टुन बाँधेर ल्याउँदै गरेको अवस्थामा दशगजा नजिकबाट चौधरी पक्राउ परेका हुन् ।


कार्टुनमा ब्वाइलर जातीको एक हजार २० थान चल्ला रहेका ढकालले जनाए । भारतको एचआर ह्याचरीबाट उत्पादित चल्लाको बजार मूल्य लाखबढी रुपैयाँ रहको छ ।


बरामद चल्ला मलिवारास्थित पशु क्वारेन्टाइनले सुरक्षाकर्मी, भन्सार प्रतिनिधि, सञ्चारकर्मी र स्थानीयको रोहबरमा खाल्डो खनी नष्ट गरेको छ । मोटरसाइकलसहित चौधरीलाई भन्सार कार्यालय बुझाइएको छ ।

प्रकाशित : चैत्र ८, २०७४ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?