२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

चिर्पटले हानेर श्रीमतीको हत्या

अर्जुन राजवंशी

दमक — झापाको गौरीगञ्ज गाउँपालिकामा एक व्यक्तिले चिर्पटले हानेर श्रीमतिको हत्या गरेका छन् । 

गौरीगञ्ज ३ ठेकीटोलाका ३० वर्षीय पासाङ शेर्पाले २८ वर्षीया श्रीमति निमथोकी शेर्पाको हत्या गरेका हुन् ।

श्रीमान–श्रीमतिबिच झगडा हुँदा आइतबार साँझ साढे ७ बजे पासाङले दाउराको चिपर्टले श्रीमतिको टाउकोमा प्रहार गरेका थिए ।

निमथोकीको टाउकोको पछाडिको भागमा गम्भीर चोट लागेको थियो । उनको उपचारका क्रममा राति ९ बजेतिर दमकस्थित लाइफ लाइन अस्पतालमा मृत्यु भएको हो ।

श्रीमतिलाई प्रहार गरी भारततिर भाग्दै गरेका पासाङलाई राति नै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ । उनीहरुका ११ र ७ वर्षीय दुई छोराछोरी छन् ।

प्रकाशित : चैत्र १९, २०७४ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?