कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेपत्ता मजदुर एक साता पछि मृत्त फेला

मनोज बडू

दार्चुला — साता देखि बेपत्ता रहेका सडक निर्माणमा संलग्न बर्दियाका एक मजदुर मृत फेला परेका छन् । 

पारिबगड–खण्डेश्वरी सडक खण्डमा काम गर्दै आएका बर्दियाको तिरुवा गाउपालिका–६ का अन्दाजी २५ वर्षीय रमेश सुनाहा आइतबार रुखमा झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय लटिनाथले जनाएको छ ।


सुनाहाका आफन्तले चैत १२ गते लटिनाथ प्रहरी चौकीमा हराएको खबर गरेका थिए । सडकबाट २० मिटर माथिल्लो भागमा झुण्डिएको अवस्थामा फेला पारेको प्रहरी नायब निरीक्षक भरत बिष्टले बताए ।

प्रकाशित : चैत्र १९, २०७४ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?