कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खेलमैदान बनाउन अधिग्रहण

रौतहट — गौर नगरपालिकाले राइस मिलको जमिन अधिग्रहण गरी खेलमैदान बनाउन प्रक्रिया अघि बढाएको छ । वडा ५ स्थित राइस मिलको स्वामित्वमा दर्ता ५ बिघा १९ कट्ठा ५ धुर जमिनलाई खेलमैदान बनाउन लागिएको हो ।

खेलमैदान बनाउन अधिग्रहण

जमिनको मुआब्जा निर्धारण गरी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसित बजेट माग गरिएको छ ।

अधिग्रहण प्रक्रियापछि नगरपालिकाले जग्गाको मुआब्जा निर्धारण समितिमा फायल पठाएको छ । समिति संयोजकमा प्रमुख जिल्ला अधिकारीलाई तोकिएको छ । समितिले २०७२ वैशाख २४ गते जमिनको मुआब्जाको रकम १३ करोड ५३ लाख ८२ हजार ६ सय ९७ रुपैयाँ तोकेको नगर प्रमुख अजय गुप्ताले बताए ।


मुआब्जाको रकमपछि रजिस्ट्रेसन पास गर्न मन्त्रालयसित ५४ लाख १५ हजार ३ सय ७ रुपैयाँ माग गरिएको छ । ‘हामीले रकम निकासाका लागि पत्राचार गरेका छौं,’ गुप्ताले भने ।

प्रकाशित : वैशाख ३, २०७५ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?