कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

मलेसियामा एक नेपालीको मृत्यु

आश गुरुङ

लमजुङ — रोजगारीको लागि मलेसिया गएका एक लमजुङे युवकको घरबाट गएको ३ महिनामै मृत्यु भएको छ ।

मलेसियामा एक नेपालीको मृत्यु

दूधपोखरी गाउँपालिका-१, दूधपोखरीको डाँडागाउँका २१ वर्षीय कुमार गुरुङको शुक्रबार बिहान मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । पारिवारिक स्रोतका अनुसार उनी गत माघ ११ गतेमात्रै काठमाडौंबाट मलेसिया गएका थिए । उनी राजधानी क्वालालाम्पुरस्थित मिसन फुड कम्पनीमा काम गर्थे ।


दूधपोखरीस्थित बाघभैरब प्राविका शिक्षक इमानसिंह गुरुङका अनुसार उक्त घटना शुक्रबार साँझमात्रै थाहा भएको र शनिबार बिहानमात्रै परिवारलाई भनिएको थियो । उनका अनुसार कुमारसँगै ६ जना नेपाली कामदार बस्थे । उनीहरुले बताएअनुसार बिहान ड्युटीमा सँगै गएको र सञ्चो नभएको भनी कुमार बीचबाटोबाटै कोठामा फर्केका थिए ।


दिउँसो खाना खान आउने समयमा कुमार शौचालयमा मृत अवस्थामा भेटिएको उनीसँगै बसेका नेपाली कामदारले बताएको शिक्षक गुरुङले बताए ।


कमाउन विदेश गएका छोराको निधनपछि उनका बुवाआमासँगै स्थानीय शोकमा डुबेको स्थानीय कुमारी गुरुङले बताइन् ।

प्रकाशित : वैशाख ८, २०७५ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?